एपीएफलाई पराजित गर्दै संकटा आहा राराको फाइनलमा


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७७ मा प्रकाशित



पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपमा विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

संकटाको जितमा सुबास गुरुङ र विदेशी खेलाडी ग्लोरीले समान एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा ग्लोरीको पासलाई सदुपयोग गर्दै सुबासले संकटालाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम मिनेटमा ग्लोरीले गोल गर्दै संकटाको जित सुनिश्चित गरेका थिए ।

संकटाले उपाधिका लागि बिहीवार (भोलि) हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।