पत्रकार महासंघ केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट पौडेल र काफ्ले विजयी


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०७७ मा प्रकाशित



पत्रकार महासंघको केन्द्रीय समितिमा गण्डकी प्रदेशबाट त्रिभुवन पौडेल र प्रदीप काफ्ले विजयी बनेका छन्।

निर्वाचन समितिले आधिकारिक घोषणा नगरेपनि गण्डकी प्रदेशबाट प्रेस युनियन र प्रेस सेन्टरको बिपुल पोखरेलको संयुक्त प्यानलबाट पौडेल र काफ्ले विजयी बनेका हुन्।

यस प्रदेशबाट पौडेलले ६३९ र काफ्लेले ५५३ मत ल्याएका छन्। कास्की जिल्लाबाट पौडेलले सबैभन्दा बढि मत २२४ मत प्राप्त गरेका छन्। सोही प्यानलका प्रदीप काफ्लेले कास्कीबाट १३४ मत ल्याएका छन्।

अर्को प्रेस चौतारी प्यानलबाट रामजीप्रसाद लम्सालले १३६ र भीमलाल श्रेष्ठले ६६ मत ल्याएका छन्। कास्कीमा ३१२ मतदाता रहेकामा ३०५ मत खसेको थियो।



सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।