पत्रकार महासंघ तनहुँमा मञ्चका पौडेल विजयी


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०७७ मा प्रकाशित



पत्रकार महासंघ, तनहुँ जिल्लामा प्रेस मञ्च नेपालका उज्वल पौडेलको प्यानल विजयी बनेको छ।

अध्यक्ष पदमा पौडेलले प्रतिद्वन्दी शेख मोहम्मद हनिफ (गोरा मिया) सँग ४ मतान्तरले विजयी बनेका हुन्। पौडेलले ५७ मत ल्याउँदा हनिफले ५३ मत ल्याए।

त्यस्तै, उपाध्यक्ष (खुला) पदमा धनपति अधिकारी विजयी बनेका छन्। अधिकारीले ५९ मत ल्याए। उनका प्रतिद्वन्दी समुन्द्र पौडेलले ५२ मत ल्याए। त्यस्तै, महिला उपाध्यक्षमा अस्मिता खनाल विजयी बनेकी छन्। अस्मिताले ७४ मत ल्याउँदा प्रतिद्वन्दी सम्झना रसाइलीले ३५ मत ल्याइन्।

सचिवमा प्रकाश राना ६६ मतसहित विजयी बनेका छन्। सचिवकै अर्का प्रतिद्वन्दी कृष्णचन्द्र न्यौपानेले ४५ मत ल्याएका छन्। सह–सचिव खुल्लामा प्रकाश अधिकारी ६१ मतसहित विजयी बनेका छन्। प्रतिद्वन्दी ऋषिकान्त दुवाडीले ४९ मत ल्याएका छन्।

सह–सचिव समावेशीमा मिलाकुमारी दरै विजयी बनेकी छन्। मिलाले ६६ मत ल्याउँदा प्रतिद्वन्दी सुनिता आचार्यले ४४ मत ल्याइन्। कोषाध्यक्षमा बिमला दुवाडी विजयी बनेकी छन्। बिमलाले ५९ मत ल्याउँदा मदन तिमल्सेनाले ५२ मत ल्याए।

त्यस्तै, खुल्ला सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, बिष्णु गौतम र श्रीहरि पैडेल विजयी बनेका छन्।

त्यसैगरी, महिला सदस्यमा सुनिता थापा विजयी बनेकी छन्। जनताती सदस्यमा सृजना राना र दलित सदस्यमा मुना कालिराज बिके बिजयी बनेका छन्। समावेशी अन्य सदस्यमा रामशरण नेपाली निर्विरोध निर्वाचित भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।