नेपाल अख्तियार दुरुपयोग अनुसन्धान विभागले १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विभागले गैरकानूनी रुपमा सवारी चालक अनुमतिपत्र परीक्षाको परिणाम फेरबदल गरेर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बिहीबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदी, तत्कालीन शाखा अधिकृतद्वय सीताराम खनाल र डेकराज पोखरेल र अन्य कर्मचारीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
यसैगरी, कर्मचारी शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललितबहादुर वली, नायब सुब्बा केशवराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायव सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायव सुब्बा अरुण कुमार गौतम, नायव सुब्बा धर्मदत्त चौलागाई, नायव सुब्बा डिलाराम खरेल, नायव सुब्बा ओमबहादुर बस्नेत, नायव सुब्बा गणेशमान आचार्य, नायव सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणि नेपाली, खरिदार केशरकुमार चपाई, हलुका सवारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जवान ओम प्रसाद देवकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ ।
अख्तियारले उनीहरुमाथि भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुने मागदाबी गरेको छ ।
अख्तियारले दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी आफूखुसी मौखिक आदेशमा उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरेको आरोप लगाएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३…





