पत्रकार महासंघ निर्वाचन: अझै १९ सय मत गन्न बाँकी


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०७७ मा प्रकाशित




नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको अझै १९ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार मत परिणाम भोलिसम्म आइसक्ने जनाइएको छ। थोरै मतदाता भएका शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ।

पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसिएटमा मतदान भएको थियो।

अधिकांश जिल्ला शाखाको मतपरिणम आइसकेको भएपनि केन्द्र र प्रतिष्ठान र यसोसिएटको मतगणना जारी छ । १३ हजारको हाराहारीमा मत खसेको मध्ये केन्द्रको १९ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको थियो। पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरे। ३ वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा थिए।

त्यस्तै, गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्ष पदमा चुनावी मैदानमा थिए। जारी मतगणनामा अधिकांश क्षेत्रमा विपुल पोखरेल नेतृत्वको गठबन्धनलाई धेरै मत प्राप्त भएको छ। अधिकांश स्थानमा यही समूहले विजयी बनेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।