बराललाई नेपाल सरकारको प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मान


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित




डिभिजन वन कार्यालय कास्कीका प्रमूख केदार बराललाई नेपाल सरकार प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मानित भएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारीले बराललाई सम्मान गरेकी हुन्। समारोहमा बरालसँगै बरालसहित ४ सय ५० जनालाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी हुन्।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ। विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ।
गत वर्ष विभूषण समितको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट २, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट ७, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट १, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट १, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट ९, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट ८, प्रबल जनसेवाश्री चतुर्थबाट २०० जना छन्।

प्रबल जनसेवाश्री चतुर्थबाट कलाकार निखिल उप्रेती, गायक धिरज राई, साहित्यकार श्रवण मुकारुङ लगायत छन्। जनसेवाश्री प्रथमबाट ११०, अलंकारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि शुक्रबारै सुशोभन गरिएको छ। शुक्रबार बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।