‘आहा रारा महाविजेता’ बने मादीका बुद्धी लामिछाने


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित




चैत्र २८ पोखरा । कास्कीको मादीगाउँपालिका–७, सिल्दुजुरेका बुद्धी प्रसाद लामिछाने आहा रारा गोल्डकप महाविजेता घोषणा भएका छन् ।

एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले शनिबार सम्पन्न आहा रारा गोल्डकप कस्ले जित्ला भनि सोधेको प्रश्नको अनुमानित सहि उत्तर दिनेमध्यबाट गोलाप्रथामार्फ लामिछाने महाविजेता घोषणा भएका हुन् ।

संकटाले १९ औं संस्करणमा आहा रारा गोल्डकपको उपाधी उचाल्ने अनुमान गरेका गौतमले डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडका तर्फबाट ४० इन्चको एमआई स्मार्ट एलइडी टेलिभिजन पुरस्कार जितेका छन् ।

सहारा क्लवले आयोजना गरेको आहा रारा गोल्डकपलाई मध्यनजर गर्दै सञ्चालन गरिएको आहा रारा महाविजेता लामिछानेलाई आइतबार रेडियाले एक कार्यक्रमकाविच पुरस्कार हस्तान्त्रण गर्ने एभरेष्ट एफ एम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकरी दिए ।

लामिछानेलाई आइतबार सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापा र डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडका सञ्चालक मनोहर श्रेष्ठले पुरस्कार हस्तान्त्रण गर्ने छन् ।

शनिबार उपाधीका लागि भएको खेलमा संकटाले अफ्रिकन रुट्सलाई पेनाल्टीमा ४–२ गोलले पराजित गर्दै उपाधि चुमेको थियो ।

मोफलकै उत्कृष्ट आहा रारा गोल्डकप र आयोजक सहारा क्लवले खेलकुदको क्षेत्रमा पुर्याएको योगदानलाई स्रोतामाझ पुर्याउन रेडियोले हरेक दिन ८ बजेबाट आहा रारा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरेको रेडियोका मार्केटिङ निर्देशक भोला श्रेष्ठले जानकारी दिए ।

साथै प्रत्येक दिन सोधिने प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई कालिका मोवाइल टे«र्डसको तर्फबाट एक थान मोवाइल सेट, आहा रारा चाउचाउ तथा अन्य आर्कषक पुरस्कारद्वारा पोखरा रंगशालामा नै विजेताहरुलाई पुरस्कृत गरिएको उनले बताए ।

यसरी पुरस्कृत हुनेमा पर्वत घर भई पोखराको विन्ध्यावासिनी बस्दै आएका सुनिल गौतम, कास्कीको मादी गाउँपालिकाकी मनिता सापकोटा, नयाँगाउँकी ज्योति नेपाली, नयाँ गाउँकै रुथ परियार, रत्नचोककी सुजता परियार र शितलदेवीका सुवाष गुरुङ छन् ।

रेडियोले सञ्चालन गरेको ‘गेस एण्ड विन’ मा हालसम्म तीन हजार बढीले सहभागिता जनाएको रेडियोका प्राविधिक निर्देशक रवि भूषण पराजुललीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।