पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको अध्यक्षमा पुनः रोमहर्षण पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
संगठनको २५ सदस्यीय कमिटीको उपाध्यक्षमा वसन्धरा पौडेल, सचिवमा तीर्थराज ढकाल, सहसचिवमा शारदा गुरुजु, कोषाध्यक्षमा यामनाथ सुवेदी, सहकोषाध्यक्षमा रेखा लम्साल, सदस्यमा दामोदर तिमिल्सिना, प्रदिप न्यौपाने, महेन्द्रप्रसाद पौडेल, माधव पहारी, प्रकाश रेग्मी, क्यानु तिवारी, अनिता राई, बालिका केसी, समावेशीमा जुना थापा मगर र उदयराज पोख्रेल चयन भएका छन् ।
त्यस्तै माछापुच्छ«े गाउँपालिकाबाट सदस्यमा कुलानन्द अधिकारी र डम्मर कुमारी गुरुङ, अन्नपूर्ण गाउँपालिकाबाट नवीनराज पौडेल र शोभावती बराल, मादी गाउँपालिकाबाट नवीनकुमार शाही, सम्झना घिमिरे र रुपा गाउँपालिकाबाट विश्वनाथ सुवेदी, शान्ता पराजुली चयन भएका छन् ।
यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ अधिकारी, लोचना अधिकारी, विष्णुप्रसाद पौडेल र बोधराज पौडेल चयन भएका छन् । त्यसैगरि लेखा संयोजकमा उमनाथ गौतम, लेखा सदस्यमा डिल्लीराम गिरी र किशोर अधिकारी सर्वसम्मत चयन भएका छन् ।
संगठनको निर्वाचन समितिमा रामप्रसाद खनाल, शकुन्तला आचार्य, नवराज पौडेल रहेका थिए भने अध्यक्ष मण्डलमा दामोदर वैरागी, रामप्रसाद पोख्रेल र वामदेव ढुङ्गाना रहेका थिए ।
संगठनको ४२ औँ स्थापना तथा १३ औँ महाधिवेशनका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीसुब्बा गुरुङ, विशेष अतिथि गण्डकी प्रदेश सांसद कृष्ण थापा, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापा, संगठनका गण्डकी प्रदेश प्रमुख रामप्रसाद पोख्रेललगायतले मन्तव्य राखेका थिए ।
संगठनका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तीर्थराज ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







