उत्कृष्ट ५ फोटोग्राफरलाई पुरस्कार


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशस्तरीय फोटो प्रतियोगितामा उत्कृष्ट ५ जनालाई पुरस्कार वितरण गरिएको छ।

नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेशले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट हुन सफल पोखराका फोटो पत्रकार प्रेम थापासहित पोखरा कै किरण अधिकारी, हाल पोखराको विजयपुर ब्यारेकमा कार्यरत नेपाली सेना विजय गौतम, तनहुँका प्रिजन आले तथा शिरीष विसीलाई पुरस्कार वितरण गरिएको हो।

उनीहरुले समान १०÷१० हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगितामा गण्डकी प्रदेशभरीबाट करिब ४ सय ९५ जनाले भाग लिएका थिए। नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेशका बिमल कँडेल, पोखराका फोटो पत्रकार राम गुरुङ र रामचन्द्र शर्माको निर्णायक मण्डलले ५ उत्कृष्ट फोटो छनौट गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।