अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित




पोखरा । अग्रसर दिदिबहिनी समुह पोखरा ६ बैदामले आउदै गरेको नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

आउँदै गरेको नयाँ बर्षले प्रत्येक नेपालीको घरदैलोमा नयाँ उमङ्घ र विश्वमा फैलिएको रोगबाट विश्वले चाडै मुुक्त होस र संसारमा छरिएर रहेको प्रत्येक नेपालीको स्वास्थ्थ र दिर्घायु रहुन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समुहकी अध्यक्ष शान्ति पहारीले बताइन् ।

प्रमुख अतिथि संस्थाका संरक्षक तथा पर्यटन ब्यबसायी प्रभा पौडेल सुवेदीले नयाँ बर्षले नेपाल सहित संसारमा फैलिएको कोरानाबाट छिटो भन्दा छिटो मुक्ति पाउने विश्वास गर्दै हामीहरुले नयाँ बर्ष मनाउदा स्वास्थ्यलाई ख्याल गरि मनाउन आग्रह गरिन ।

समुहकी अध्यक्ष शान्ति पहारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ता तिमिल्सीना सचिव विनिता बराल सह-सचिब लिला तिमिल्सीना कोषाअध्यक्ष शारदा लम्साल सह-कोषाध्यक्ष संगिता पहारी र सदस्यहरु जया तिवारी ,जयन्ति आर्चाय, चन्द्रकला पहारी र शोभा जलारी लगाएतका वक्ताहरुले नयाँ बर्षले प्रत्येक नेपालीहरुको ओठमा नयाँ मुस्कानको कामना गर्दैै विश्वमा फैलिरहेको कोरोना बिश्वबाट छिटै हटेर जाने विश्वास ब्यक्त गर्दै आफ्ना भनाइहरु राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।