साङ्केतिक तस्विर
पोखरा । स्कुटर चोरीमा संलग्न एक जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
कास्कीको रुपा गाउँपालिका–४, स्यालडाँडा घर भएका २० वर्षिय सन्तोष परियार स्कुटरसहित पक्राउ परेका हुन् ।
पोखरा–१४ छिनेडाँडास्थित एक खाजाघरमा राखिएको ग ९ प ४०२७ नम्वरको रातो रंगको डियो स्कुटर हराएको सुचनाको आधारमा खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई स्कुटर सहित पक्राउ गरेको हो ।
तालचोकबाट विजयपुरतर्फ आइरहेका परियारलाई प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका परियारमाथि चोरी तथा डाँका कसूर अन्र्तगत जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







