क्षत्री समाज पोखराकोे क्यालेण्डर विमोचन


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०७८ मा प्रकाशित




पोखरा । क्षत्री समाज कास्कीले नयाँ वर्ष २०७८ को क्यालेण्डर विमोचन गरेको छ ।

समाजले प्रकाशीत नयाँ वर्ष २०७८ सालको क्यालेण्डरको समाजका पुर्व केन्द्रिय अध्यक्ष प्रा .डा चन्द्र बहादुर थापा , केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा , प्रदेश अध्यक्ष बेनि बहादुर बस्नेतले विमोचन गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष थापाले आम क्षत्री समुदायलाई एकताबद्ध गराउन पर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा, गण्डकी प्रदेश अध्यक्ष बेनी बहादुर बस्नेत क्षेत्री, प्रेमबहादुर जिसी, केन्द्रिय सल्लाहाकार भरत बस्नेत , प्रदेश सचिव लक्ष्मी अधिकारी , क्षेत्री महिला सचिव गंगा के.सी , नगर अध्यक्ष तिर्थ बरुवाल , युवा समाजका अध्यक्ष दिनेश बाबु खड्का , फेवा सिटी अस्पतालका निर्देशक सर्वर्जित अधिकारी , जिल्ला बरिष्ठ उपाध्यक्ष दिल बहादुर अधिकारी , सचिव भरत थापा लगायतले बोलेका थिए ।

फेवासिटी हस्पिटलको प्रायोजनमा क्यालेण्डर प्रकाशित गरिएको समाज कास्कीका अध्यक्ष पदम बहादुर कार्कीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।