कृतिकाले जितिन् ‘एनटीएचएमसी सेफ–२०२१’ को कम्पिटिसन


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी)ले पहिलोपटक ‘एनटीएचएमसी सेफ कम्पिटिसन–२०२१’ मा कृतिका गौचन प्रथम भएकी छन्।

प्रतियोगितामा साजन गुरुङ दोश्रो र बिमला नेपाली तेस्रो भएका छन्। बीबीसी मास्टर सेफ उपविजेता सन्तोष साहको उपस्थितिमा आयोजित प्रतियोगितामा बीएचएम दोश्रो, चौथो र छैटौं सेमेस्टरका १८ जनाबाट पहिलो चरणमा छानिएका थिए।

प्रतियोगितामा ग्लोवल नेप्लीज सेफ फेडरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, महासचिव सेफ मोहन गजुरेल, केन्द्रीय सदस्य विकास डंगोल र केन्द्रीय सदस्य पशुपति पौडेल पनि निर्णायकको रुपमा उपस्थित थिए।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजले नेपालको मात्रै नभइकन विश्वकै चर्चित मास्टर सेफ सन्तोष साहलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।