अधिकृत विक्रेता संघको शुभकामना आदान-प्रदान


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



नयाँ वर्ष २०७८ सालको अवसरमा अधिृकत विक्रेता संघ (ड्याप) पोखराले शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गरेको छ।

भित्तेपात्रो विमोचन गर्दै संस्थाका अध्यक्ष हरिराज पन्तले उद्योगी व्यवसायीलाई २०७७ सालको जत्तिको पीडा २०७८ सालमा नहोस् भन्ने कामना गरे। कोरोना भाइरस संक्रमण फैलिदाें रुपमा रहेकाले सतर्कता अपनाउन उनको आग्रह थियो।

संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यले कोरोना कहरले थिलोथिलो व्यवसाय विस्तारै गति लिंदै गर्दा पुनः थिलोथिलो हुने अवस्था आएको बताए। सल्लाहकार ऋषि सापकोटाले उद्योगी व्यवसायीलाई जति पीडा भएपनि राज्यले वेवास्ता गरेको आरोप लगाए।

अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कानूनी सल्लाहकार अधिवक्ता जगन्नाथ ढकाल, ड्याप गण्डकीका अध्यक्ष तेजेन्द्र पौडेल, संस्थाका सचिव मनोज श्रेष्ठ र क्यालेण्डर प्रकाशन संयोजक दीलिपकुमार श्रेष्ठलगायतले बोलेका थिए। उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्कीको सदस्यमा निर्वाचित हरि पन्तलाई बधाई ज्ञापन गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।