साँघुमुखमा उज्यालो बजार अभियान सुरु


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



नव नर्ष २०७८ को अवसरमा पोखराको महेन्द्रपुलस्थित साँघुमुख टोल समितिले उज्यालो बजार अभियान सुरु गरेको छ।

पोखराको ऐतिहासिक बजार साँघुमुख हालको महेन्द्रपुल बजारलाई वातावरणमैत्री, सफा हराभरा भन्ने उद्देश्यका साथ एक समिति गठन गरिएको छ।

समितिको संयोजत्वमा दिपक राज छन्। सदस्यहरुमा जगत तामाङ, गोपाल शर्मा, रोशन महर्जन, भरत महर्जन, कुमार गुहारचन छन्।

समितिमार्फत पहिलो चरणमा साँघुमुख पोखरा–९ क्षेत्रमा गमलासहितको बिरुवा शुरुवात गरिएको छ। सो को सुरुवात गर्दै पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछानेले महानगरको अभियानमा टोल संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै साँघुमुख पार्क निर्माणमा सहयोग रहने बताए।

अभियानता एवं पोखरा ९ का सूचना प्रमुख लोकदर्शन कोइरालाले अभियानले सकारात्मक सन्देश दिएको र अभियानलाई पोखराव्यापी बनाउनुपर्ने बताए। संस्थाका अध्यक्ष ईन्द्रकमल मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा रोशन महर्जन, सचिव रामहरि पौडेलले बोलेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।