त्रिभुवन आर्मी क्लब एएफसीको छनोट चरणबाटै बाहिरियो, बैंगलुरुसँग ५–० ले पराजित


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ।

गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बैंगलुरु एफसीसँग ५–० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो। अब बैंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्ले–अफ फाइनल खेल्नेछ। आर्मीले घरेलु मैदानमा भएको पहिलो चरणमा श्रीलका पुलिसलाई ५–१ ले पराजित गरेको थियो।

तर, गोवामा आर्मीको प्रदर्शन उस्तै भएन। नियमित कप्तान भरत खवास, गोलकीपर विकेश कुथु र जर्ज प्रिन्स कार्कीबिनै भारत पुगेको आर्मीले बैंगलुरुविरुद्ध एक गोल पनि गर्न सकेन। बैंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २/२ गोल गरे। यस्तै, सुनिल क्षेत्रीले एक गोल गरे।

पहिलो हाफमा आर्मीले बैंगलुरुलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा बैंगलुरुले १४ मिनेट अन्तरमै ५ गोल ग¥यो। भेकेले ५१ औं र ६५औं तथा सिल्भाले ६१ औं र ६३ औं मिनेटमा गोल गरे। सुनिलले ५२ औं मिनेटमा गोल गरे। गत सिजन ए डिभिजन लिग उपविजेता बनेपनि क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब बनेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।