आदर्श नेपालको रक्तदानमा ४८ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



पोखरा । ‘बि अ हिरो, गिभ ब्लड’ भन्ने नाराका साथ नव वर्ष २०७८ को अवसरमा आदर्श नेपाल राष्ट्रिय दैनिकको आयोजनामा बिहिबार पोखरामा भएको खुल्ला रक्तादान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननिय सांसद विन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै सञ्चार क्षेत्रले सामाजिक क्षेत्रमा गर्ने यस्ता कार्यहरुले अन्य संघसंस्थाहरुलाई पनि उत्प्रेरणा मिल्ने बताए ।

नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेण्ट कलेज अन्तर्गतको एन्ट्रप्रेनियर क्लवको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले अहिले रगतको अभाव भइरहेका बेला आयोजित कार्यक्रम सान्दर्भिक भएको बताउँदै रक्तदाननै जिवनदान भएको प्रष्ट्याए ।

फिटनेश इन्स्ट्रक्चर निरज लामा पहिलो रक्तदाताका रुपमा रक्तदान गरे । उनलाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीले सञ्चार क्षेत्रले सबै क्षेत्रको प्रतिनिधीत्व गर्ने बताउँदै यो सामाजिक क्षेत्रका लागि उदाहरणिय कार्य भएको औल्याइन् ।

नेपाल पत्रकार महासंघ, गण्डकीबाट केन्द्रिय सदस्यमा विजयी भएका त्रिभुवन पौडेलले पत्रकारले कलम मात्रै चलाउने नभई विभिन्न सामाजिक क्षेत्रसंग सहकार्य गर्दै सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउन सकिन्छ भन्ने उदाहरण भएको बताए ।

कार्यक्रममा युवा उद्यमी किरण केसीले रक्तदान पुण्यको काम भएको बताए ।

यस्तै कार्यक्रममा युवा पर्यटन व्यवसायी महेश अर्याल, टोल विकास संस्था वडा समन्वय समिति वडा नम्बर ९ का अध्यक्ष उत्तम जोशी, समाजसेवी गुरुदत्त लामिछाने, युवा व्यवसायी विगनेश थापा लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।