पोखरा । पोखरामा पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
भाषा संघ नेपालको आयोजनामा बैशाख दोस्रो साता प्रतियोगिता हुन लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
जापानी भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुमा जापानी भाषा तथा सांस्कृतिक ज्ञानको विकासका लागि बैशाख ९ गते प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।
पोखराका विभिन्न भाषा स्कुलहरुमा अध्ययनरत १९ जना विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संस्थाका महासचिव मोतिप्रसाद श्रेष्ठले बताए ।
प्रतियोगितामा जापानी भाषा करिव १ वर्ष पढेका विद्यार्थीहरुको सहभागिता रहने संस्थाका सल्लाहकार तथा वक्तृत्वकला प्रतियोगिता संयोजक विक्रम उदासले जानकारी दिए । प्रतियोगिताले जापानीज भाषा सिकिरहेका विद्यार्थीहरुको क्षमतालाई बढाउनपनि सघाउ पुर्याउने उनले विश्वास व्यक्त गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितियलाई २० हजार र तृतिय हुनेलाई नगद १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सफल पार्न जापानी राजदुतावास, काठमाण्डौं र जापान फाउन्डेसन, जापानले सहयोग पुर्याएका छन् । पोखरामा दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रम सरकारले तोकेको स्वास्थ्य मापडण्ड पुरा गरी आयोजना गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।
भाषा संघमा कास्कीका ४१ वटा परामर्श तथा जापानी भाषा प्रशिक्षण दातृ संस्थाहरु आवद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







