साङ्केतिक तस्विर
पोखरा । पोखराबाट १४८ एम्पुल लागूऔषधसहित कुस्माका २२ वर्षिय बिदुर नेपाली पक्राउ परेका छन् ।
पर्वतको कुस्मा नगरपालिका–१३ सिस्नेपानी बस्दै आएका नेपालीलाई प्रहरीले चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भैरहवाबाट पोखरा आइरहेका नेपालीलाई पोखरा–३० पावरहाउस नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीको साथबाट प्रहरीले डाईजापान– ५० एम्पुल, फेनेरागन– ४८ एम्पुल, नुर्फिन– ५० एम्पुल गरी जम्मा १४८ एम्पुल र मोबाईल १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका नेपालीलाई लागूऔषध कसुरमा अदालतबाट २० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रवक्ता हमालले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







