काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टा भित्रै मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पाटी (जसपा)का चार जना सांसदलाई पोखरेलले मन्त्री बनाउने भएका हुन् ।
सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदहरूले मुख्यमन्त्री पोखरेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रका दुई मन्त्रीहरूले राजीनामा दिएका थिए । माओवादी केन्द्रले पोखरेलको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।
अविश्वास प्रस्ताव दर्ता गरेको दुई घन्टा पनि नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् । उनीहरूको सपथ ४ बजे हुने बताइएको छ। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने स्रोतले बतायो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






