फाइल तस्विर : राष्ट्रपति विद्यादेवी भण्डारी
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन् ।
सोसम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट सङ्घीय संसद् सचिवालयमा प्राप्त भइसकेको थाहा भएको छ ।
सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि बढ्न सकेका थिएनन् ।
सो अधिवेशन गत फागुन २३ गतेदेखि आरम्भ भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






