काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई पठनपाठनको विधि आफैं रोज्न दिएको छ ।
सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि विश्वविद्यालयले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने निर्णय सम्बन्धित क्याम्पसलाई नै गर्न दिने निर्णय गरेको छ ।
क्याम्पसले संक्रमितको अवस्था हेरी वैकल्पिक माध्यमबाट वा भौतिक उपस्थितिमा प्रत्यक्ष कक्षामा पठनपाठन गराउने भन्ने विषय रोजेर पठनपाठन गराउन पाउने त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए । त्यही अनुसार क्याम्पसहरुले विभिन्न तहका कक्षाहरु अनलाइनबाट पढाउन सुरु गर्ने तयारी गरेका छन् ।
परीक्षा भने नरोकिने
यस्तै, त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने बताएको छ ।
हाल स्नातक तह दोस्रो वर्षको परीक्षा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गरिएको छ । बिहान र दिउँसो गरी दुई सिफ्टमा, मास्क, सेनिटाइजर, हात धुने साबुनको व्यवस्था, भौतिक दूरी लगायत सबै स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागु गर्दै सबै परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सूचित गरिसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







