टाईगर ग्रुपको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित




पोखरा । टाईगर ग्रुप अफ पोखरा नेपालले नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रुपले निकालेको नयाँ वर्षको क्यालेण्डर पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विमोचन गरे । टाईगर गु्रपले प्रकाशन गरेको क्यालेण्डरमा एक वर्षको अवधिमा गरेका गतिविधिसँगै पुरानो पोखरा र अहिलेको पोखराको तस्विरहरु समेत राखिएको छ ।पोखरेली कलाकार सुनिल उलकले खिचेका ५० वर्षअघिका पोखरा र अहिलेको पोखराका तस्विरहरु क्यालेण्डरमा समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महागनरका प्रमुख मानबहादुर जिसीले महानगरको नयाँ बन्ने कार्यालयमा संगहालय समेत व्यवस्था गरिने बताए । पोखराको ऐतिहासिक विषयमा जानकारी पाउन सक्ने र पोखरेली कलाकारहरुले खिचेका पुराना र वर्तमान तस्विर लगायत पोखराका बारेमा जानकारी प्राप्त हुने विषयहरुलाई महानगरकै संग्रहालयमा राखिने बताए ।उनले २०७७ साल पीडादायि भएको बताउदै नयाँ वर्ष २०७८ साल सबैका लागि सुखद रहनसकोस भन्ने कामना गरे ।


कार्यक्रममा प्राज्ञ प्रजापति पराजुलीले विभिन्न क्षेत्रका ब्यक्तिहरु मिलेर टाईगर ग्रुप स्थापना गदै सामाजिक कार्यमा जुटेको बताउदै अझ धेरै सामाजिक कार्यक्रमा लाग्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरे ।

टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य राकृष्ण ज्ञवाली र सचिव प्रकाश बरालले संस्थाका बारेमा जानकारी गराएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।