नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०७८ मा प्रकाशित




आज वैशाख महिनाको ९ गते अर्थात नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस।

स्थापना दिवसको अवसरमा नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर दिवस मनाउँदै छन्।

७३ वर्षअघि अर्थात २००६ साल वैशाख ९ गते नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। अप्रिल २२ मा लेनिन जन्मिएको दिनमै नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्यलगायतको पहलमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। सिद्धान्ततः माक्र्सवाद र लेलिनवादलाई मूल सिद्धान्त मानेर तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।

सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न कम्युनिस्ट पार्टी गठन भएको थियो। तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलालको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो। विश्वका मजदुरलाई एक पार्ने सपना बोकेर स्थापना भएको नेपाली कम्युनिस्ट आन्दोलन आजबाट ७३ वर्षमा हिँड्दैछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।