नवलपुर पूर्वमा छुट्टा–छुट्टै दुर्घटना, चार जना घाइते


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०७८ मा प्रकाशित




पोखरा । नवलपरासी वर्दघाट सुस्ता पूर्वमा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा चार जना घाइते भएका छन् ।

बिहीबार दिउँसो साढे १ बने जिल्लाको देवचुली नगरपालिका १६ रजर बजारमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नम्वरको ट्रकको पछाडी एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

सोही दिशातर्फ जाँदै गरेको ना ५ च १७६९ नम्वरको एम्बुलेन्स ट्रकको पछाडी ठोक्किँदा एम्बुलेन्समा सवार धादिङ घर भई हाल चितवनको भरतपुर १० बस्ने चालक राजु तामाङ, भरतपुर १० कै कल्पना सापकोटा (२२) र देवचुली १० की विद्या अर्याल (२२) घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

यस्तै नवलपुर पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी गेट नजिकै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ च ७७०० नम्वरको कारलाई सोही दिशातर्फ जाँदै गरेको ना ५ ख ६२८ नम्वरको बसले पछाडीबाट ठक्कर दिँदा कारमा सवार एक जना घाइते भएका छन् ।

घाइते हुनेमा कैलालीको लम्किचुँवा गाउँपालिका– ७ का गोविन्द तिमिल्सिना (५९) हुन । घाइते तिमिल्सिनालाई उपचारका लागि भरतपुर पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।