अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता


     रासस     
     वैशाख ९ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ । आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताए । नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा टावर नियालेका थिए ।

पार्टी विभाजनमा पुग्ने आशङ्का बढिरहेका बेला दुई शीर्ष नेताबीचको संवाद शुरु हुनुले कार्यकर्ता तहमा उत्साह पैदा भएको छ । नेता नेपालले बुधबार अध्यक्ष ओलीसँग भएको संवादबारे आफू निकटका नेतालाई आज ‘ब्रिफिङ’ गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।