आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०७८ मा प्रकाशित



आज अप्रिल महिनाको २३ तारिक अर्थात विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस।

नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको बेला विश्व पुस्तक दिवसको नारा नै ‘कथा बाँडौ’ तय गरिएको छ। कोरोना जोखिम नियन्त्रणका लागि लकडाउन गरिएकाले मानिसको नजिकको साथी नै पुस्तक बनेको छ।

सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्कोको महासभाले घोषणा गरेअनुसार अप्रिल २३ लाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने गरिन्छ।

सन् १६१६ मा विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम्स शेक्सपियर र यिनका गार्सिलासो पी ला वेगाको निधन भएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २३ तारिक विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने गरिएको हो।

नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो। सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ।

दिवसले पुस्तकको शक्तिलाई थप प्रकाश पार्ने र पुस्तकको पहुँच सबै क्षेत्र, समुदाय तथा वर्गमा पु¥याउनु पर्नेमा युनेस्कोले जोड दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।