पृथ्वी दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आयोजनामा बिहीबार कुभिण्डे–उल्लेरी–भुम्दी–खाडेखोला हाइकिङ गरिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं पोखरा महानगरपालिका–२२ को सहयोगमा आयोजित हाइकिङमा ट्रेकिङ एजेन्सिज संचालन गर्दै आएका व्यवसायी, संचारकर्मीसहित ४५ जनाको सहभागिता रहेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए।
कार्यक्रम संयोजक गोपालकृष्ण संग्रौलाका अनुसार पोखरा आसपासमा रहेर पनि ओझेलमा परेका पदयात्रा क्षेत्रको अध्ययन, अनुसन्धान, प्रवद्र्धन एवं बजारीकरण गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०७८ एवं विश्व पृथ्वी दिवसका अवसरमा एक दिवसीय हाइकिङ आयोजना गरिएको हो।
हाइकिङका अवसरमा उल्लेरीस्थित मुखिया चौतारी र भुम्दी टुनार घरबासमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले पोखरा नजिकै रहेरपनि संभावना बोकेका गन्तव्यको प्रवद्र्धनलाई संघले प्राथमिकतामा राखेको बताए।
कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय संघका सचिव मिलन तिवारी, भुम्दी टुनार घरवासका अध्यक्ष नानीमाया गुरुङ, उल्लेरीगाउँ सुधार समितिका अध्यक्ष गणेशबहादुर गुरुङ, थाप्ले टाइगर हिलका अध्यक्ष मानसिंह गुरुङलगायतले पदयात्रा पर्यटनका माध्यमबाट गाउँमा संचालित घरबासमा पर्यटकको आगमन बढाउन सहयोग गर्न आग्रह गरे।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







