ऐतिहासिक टावर धरहराको आज (शनिबार) विहान ११ बजे उद्घाटन गरिदैँछ।
पुनर्निर्माण कार्य पूरा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज धरहराको उद्घाटन गर्दैछन्।
त्यसका लागि रंग लगाउने र सरसफाइको काम भसकेको छ। हिँजो (शुक्रबार) बेलुकासम्म रंग रोगनसँगै सफाइको काम सम्पन्न गरिसकेको छ। उद्घाटन मिति नजिकिएसँगै केही दिन यता धरहराको काम सम्पन्न गर्न त्यहाँ २४ सै घण्टा काम भइरहेको थियो। कोरोना कारण लकडाउनको समय र दशैँ तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएको थियो।
२२ तला धरहरा पहिलाको धरहराको शैलीमा बनेको हो। तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको निर्माण कम्पनीको बताएको छ। पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
यो निर्माण भइरहेको धरहरा संरचना पूरा काम सम्पन्न नभएकाले नागरिकका लागि खुला हुन भने आउँदो मंसीरसम्म लाग्ने निर्माण कार्यको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा रमाइलो मेला कार्यक्रम सम्पन्न भएको…





