मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव : भोलि टेबुल, १५ गते मतदान !


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०७८ मा प्रकाशित




फाईल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेशसभामा टेबुल हुने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि सो प्रस्ताव प्रदेशसभामा टेबुल गर्ने निर्णय गरेको हो ।

भोलि दिउँसो २ बजेदेखि प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले संसद अधिवेशन रातारात अन्त्य गरीदिएका थिए । संसद अधिवेशन अन्त्य भएपछि कांग्रेस, माओवादीलगायतका दलले विशेष अधिवेशनको माग गरेका थिए ।

अविश्वासबारे मतदानको टुंगो लाग्न बढीमा तीन दिन समय लाग्ने भएको छ । १५ गतेसम्म अविश्वास प्रस्तावमा मतदान हुने सम्भावना रहेको छ । अधिवेशनमा सांसदले बोल्ने कार्यसूची रहेको छ । सम्बोधन गर्ने सांसदको संख्याले कहिले मतदान हुने भनेर टुंगो लाग्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।