त्रिविले तय गरेको आजको परीक्षा कायमै


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित




सरकारले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षा तत्काल स्थगित गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयले भने आज (सोमबार)को परीक्षा कायमै हुने जानकारी दिएको छ।

बिहान ७ बजेदेखि नै परीक्षा भएकाले रोक्न सक्ने अवस्था नरहेको त्रिविले जानकारी दिएको छ। आजका लागि बीएड, बीएस्सी र बीएको परीक्षा रहेको छ।

त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर नै आजकोे परीक्षा सुचारु राख्ने निर्णय भएको हो।
निषेधाज्ञा लागेमा के गर्ने र अबका परीक्षा के गर्ने भन्नेबारे आज दिउँसो बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।