व्यास नगरपालिकाले जित्यो तनहुँको राष्ट्रपति रनिङ शिल्ड


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित




तनहुँको व्यास नगरपालिकाले जिल्लाको राष्ट्रपति रनिङ शिल्ड जितेको छ।

जिल्लाको दमौलीमा सम्पन्न प्रतियोगितामा व्यासले १२ स्वर्ण, ९ रजत र ३ काँस्य गरी रनिङ शिल्ड जितेको हो।

प्रतियोगितामा दमौलीकै सत्यवती मावि ६ स्वर्ण, ३ रजत र ३ काँस्य गरी १२ पदकसहित पहिलो बनेको छ। त्यस्तै, आँबुखैरेनीको मित्रता माविले ५ स्वर्ण, २ रजत र २ काँस्य जित्दै दोस्रो बनेको छ। शुक्लागण्डकीको पञ्चमुनीदेव माविले ३ स्वर्ण, २ रजत र १ काँस्य जित्दै तेस्रो बनेको छ।

फाइनलमा सर्वाधिक पदक हात पारेको व्यास नगरपालिकालाई शिल्ड प्रदान गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विजेतालाई पुरस्कार वितरण गरे। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले अध्यक्षता गरेको कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।