पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत अवस्थामा फेला


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।

पोखरा । तनहुँमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा स्याङ्जा घर भई हाल तनहुँको ब्यास नगरपालिका–५ मोचाबारी डेरा गरी बस्दै आएका १८ वर्षीय रमेश बि.क. रहेका छन् ।

वि.क. गत शनिबार दिउँसो साढे १२ बजे पटेनी स्थित मादी नदीमा ग १ त ६१७० नं.को ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका थिए । सोही क्रममा मादी नदीमा पौडी खेल्न गएका उनी हराएर बेपत्ता भएका थिए ।

खोजतलास गर्ने क्रममा सोमबार (आज) बिहान १० बजे व्यास नगरपालिका–५ चापाघाट बोरिङ स्थित सेती नदिको किनारमा वि.क. मृत अवस्थामा फेला परेका हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।