सिद्ध माविमा एक लाखको गंगारानी विप्लव अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित




पोखरा–१५, फलेपाटनस्थित सिद्ध माविमा १ लाख ५ रुपैयाँको गंगारानी विप्लव अक्षयकोष स्थापना गरिएको छ।

फलेपाटनका समावसेवी राजेश भण्डारी र बिन्दु भण्डारीले आफ्नो स्वर्गीय छोरा विप्लव भण्डारीको वार्षिक पूण्यतिथिमा सिद्ध माविलाई अक्षयकोषका सो रकम प्रदान गरेका हुन्।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको एकमात्र सामुदायिक सिद्ध माध्यामिक विद्यालयमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय प्रशासन मात्र नभई वडा नं १५ पनि लागी परेको उल्लेख गरे। समाजका सहयोगी एवं समाजसेवीहरुको सहयोगद्धारा स्थापित अक्षयकोषको मूलधन खर्च नगरी व्याजबाट आएको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री, खाजा, लत्ताकपडालगायतका आवश्यकतानुसार खर्च गरिने पौडेलले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले स्वर्गीय विप्लवको चीर शान्तिको कामना गर्दै भण्डारी परिवारले सिद्ध माविको प्रगति र उन्नयनमा विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गरे। विद्यालयमा पहिलोपटक कम्प्युटर कक्षा सञ्चालानार्थमा पनि भण्डारी परिवारको महत्त्वपूर्ण योगदान रहेको उनको भनाई थियो।

विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले विद्यालयबारे जानकारी गराउँदै सहयोग प्रदान गरेकामा भण्डारी परिवारको सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।