कोरोना महामारी बढेपनि आन्तरिक हवाई उडान बन्द हुन्छ कि हुँदैन ? आम नागरिकमा जिज्ञाशा र चासो छ।
सरकारले आन्तरिक हवाई उडानलाई बन्द नगर्ने पक्षमा रहेको बुझिन्छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान बन्द नगर्ने निर्णय गरेको थियो।
कोरोना महामारी बढेसँगै जिल्ला प्रशासन कार्यालय, कास्कीले भोली वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको अवस्था छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको अवस्था छ।
यस अवधिमा जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरेर निजी तथा सार्वजनिक यातायातमा रोक लगाइ सकेको छ। तर, उडान रोक्ने वा नरोक्नेबारे केही उल्लेख गरिएको छैन।
कोरोना नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरेको थियो। तर, सरकारले हवाई यात्रालाई बैकल्पिक मानेको छ। सरकारले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर आन्तरिक हवाई उडान संचालन गर्न दिइने जनाइएको थियो।
कोरोना भाइरसको संक्रमण रोक्न काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरी जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको अवस्थामा आन्तरिक हवाई उडान रोक्ने वा नरोक्ने भन्ने विषयमा सरकारले आज (मंगलबार) मात्रै निणर्य गर्ने जनाइएको छ।
करिब १२ हजार आन्तरिक यात्रुको व्यवस्थापन गर्नुपर्ने भएकाले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेपछि मात्रै निणर्य लिइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा रमाइलो मेला कार्यक्रम सम्पन्न भएको…





