मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल जारी, आजै मतदान हुने


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज मतदान हुने भएको छ । सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको आज जारी बैठकमा सांसदहरुले अविश्वास प्रस्तावको पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखिरहेका छन् ।

सांसदहरुले धारणा राखिसकेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने कार्यसूची रहेको छ । मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेशमा जम्मा ६० जना सांसद रहेका छन् । जसमध्ये एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र १ सांसद रहेका छन् । गण्डकीमा अविश्वास प्रस्ताव पास हुन ३१ सांसद आवश्यक पर्छ ।

अविश्वासको प्रस्ताव पास भएमा प्रस्तावित मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनेछन् । प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।