साढे ५ के.जी.गाँजासहित तालचोकका एक युवक पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरामा साढे ५ के.जी. गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा म.न.पा.वडा नं.२७ तालचोकका २० वर्षीय रोशन गुरुङ रहेका छन् । बुधबार बिहान साढे १० बजे गुरुङलाई ईलाका प्रहरी कार्यालय, डाँडाकोनाक कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

गुरुङ भण्डारढिकबाट तालचोक तर्फ मोटरसाइकलमा आउँदै थिए । मोटरसाइकल चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट लागूऔषध गाँजा ५ के.जी. ५ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धानको कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।