पोखरा । गण्डकी प्रदेशसभाको जारी वैठकमा दुई सांसद अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही रहेका छन् । मतदानका बेलासम्म उनीहरु उपस्थित नभए पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने संकेत देखिएको छ ।
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदैछ । मतदानका लागि केही समयमात्रै बाँकी रहँदा मनाङे र शाहीले फोन पनि स्वीचअफ गरेर बेपत्ता भएपछि कांग्रेस र माओवादीका सांसदहरु सशंकित बनेका छन् । कांग्रेस र माओवादीलगायतका दलहरुले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावका दर्ता गराएका थिए ।
कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामाले गाडी लिएर शाहीलाई खोज्न हिंडेपनि कतै नभटेपछि उनीहरु रित्तोहात फर्किएका छन् ।
गण्डकी प्रदेशमा जम्मा ६० जना सांसद रहेका छन् । जसमध्ये एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र १ सांसद रहेका छन् । गण्डकीमा अविश्वास प्रस्ताव पास हुन ३१ सांसद आवश्यक पर्छ ।
एकजना स्वतन्त्र र एकजना जनमोर्चाका सांसद गायब भएपछि जनमोर्चाका दुवैजनाले मत दिए पनि अविश्वास प्रस्ताव पारित हुने सम्भावना कम रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






