टी–२० नयाँ बरियताको ब्याटिङमा ३ नेपाली खेलाडी


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित



अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जारी गरेको नयाँ टी–२० को ब्याटिङ बरियतामा नेपालका ३ खेलाडी समावेश छन्।

जसमा कुशल भुर्तेल, पारस खड्का र ज्ञानेन्द्र मल्ल छन्। नयाँ बरियतामा त्रिकोणात्मक टी –२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल ६१ औं स्थानमा छन्।

यस्तै पारस खड्का ८८ औं स्थानमा छन् भने कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन्। कुशलको ४ सय ४२ रेटिङ गरेको छ। यस्तै पारस खड्काको ३ सय ६२ तथा ज्ञानेन्द्र मल्लको ३ सय ५७ रेटिङ छ।

बलिङमा सन्दिप लामिछानेको बरियता झरेको छ। उनी ७७ औं स्थानमा छन्। त्रिकोणात्मक सिरिजमा उनले सर्वाधिक १३ विकेट लिएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।