राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ ।
सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएकामा त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा भए पनि पार्टीलाई त्यसबारे विस्तृत थाहा नभएकाले स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ । पार्टीका जिम्मेवार नेताहरूले पनि शाहीलाई भेट्न पाएका छैनन् ।
शाहीको अवस्था अज्ञात रहेको कारण देखाउँदै जनमोर्चाले निवेदन दिएका आधारमा प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । नेकपा (एमाले) ले भने प्रदेशसभामा स्थगन हुन नहुने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






