पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
बिहीबार मुख्यमन्त्री गुरुङले राजीव गुरुङ (दीपक मनाङ्गे)लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका हुन् ।
मनाङबाट स्वतन्त्र चुनाव जितेता मनाङेको शपथ आजनै हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए ।
मनाङ्गे थपिएसंगै गण्डकी प्रदेशसभामा मन्त्रिहरुको संख्या ८ पुगेको छ ।
मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर राजिव गुरुङलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







