पोखरा । गण्डकी प्रदेश सरकारका नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको सपथ लिएका लिएका छन् ।
आज दिउँसो मात्र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त मन्त्री मनाङेले साँझ ५ः१५ बजे सपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । सपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका छन् ।
मन्त्री गुरुङ मनाङ ‘ख’ बाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । मनाङ्गे थपिएसंगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्रीको संख्या ८ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री बनाइएको हो । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


संविधान दिवस, २०८३ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा संविधान विशेष…






