फुटबलका ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित



नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन्।

इराकसँग मेत्रीपूर्ण खेल खेल्न प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार जनाएको छ।

विश्वकप छनोट खेलको तयारी गरि रहेको नेपालले इराकसँग खेल्न लागेको हो। नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन्।

इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल आगामी जेठ १५ (मे २९) मा हुने एन्फाले जनाएको छ। नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।