नागरिक समाज पोखराले गण्डकी प्रदेश सभा विशेष अधिवेशनका क्रममा सृजित घटनाको निश्पक्ष छानविन गर्न आग्रह गरेको छ । समाजका अध्यक्ष ईन्द्रकमल मानन्धरसहित संस्थापक संयोजक रामबहादुर पौडेल, समाजका प्रवक्ता गोकुलबहादुर कार्की, संस्थापक शशी तुलाचन, पूर्व संयोजक विष्णुहरी अधिकारी, सल्लाहकार तथा बरिष्ठ अधिवक्ता तिलक पराजुली र संस्थापक पवित्रा जिसीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै घटनाको निश्पक्ष छानविन गर्न माग गरेका हुन् ।
नागरिक समाजले विशेष अधिवेशनका क्रममा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुने दिन प्रदेश सभा सदस्य खिमविक्रम शाही सम्पर्कविहीन् भएको घट्नाको छानविन गर्न माग गरेको हो । सांसद शाही अचानक सम्पर्कविहीन् भएपछि खोजि गर्दा उनलाई पोखराको चरक अस्पतालको आईसियूमा भेटिएको थियो । कोरोना लागेर उपचारका लागि अस्पताल भर्ना भनिएपनि उनलाई पार्टीका नेतालगायत कसैलाईपनि भेट्न दिइएको छैन । जसका कारण घट्ना शंकास्पद मानिएको छ । यद्वपी त्यसको औपचारिक पुष्टि हुन सकेको छैन ।
विज्ञप्तीमा प्रदेश सभाजस्तो गरिमामय संवैधानिक संस्थामा यस्ता घटना घट्न हुनु शोभनिय नभएको भन्दै यस्ता घट्ना सँधैका लागि अन्त्य गर्न अपिलसमेत गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका…








