भारतसँगका १३ नाकामात्रै संचालन गर्ने सीसीएमसीको निर्णय


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले भारतसँगका रहेका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने निर्णय गरेको छ।

सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, विर्तामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन् । यी बाहेकका अन्य नाका बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण भयावह बनेका कारण भारतबाट नेपाल छिर्नेको भीडभाड बढेको छ। त्यहाँ सिमित संसाधन स्रोतका कारण एन्टीजेन परीक्षण समेत हुन सकेको छैन।

सिंहदरवारमा शुक्रबार बसेको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ। बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा सबै सरकारी कार्यालय संचालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय गरेको छ।

सार्वजनिक निर्माणका संपूर्ण कार्य बन्द गर्ने, संचालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिने निर्णय गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।