१३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित




आज मे महिनाको १ तारिख अर्थात १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवस।

नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ।

नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश दिनका रुपमा मनाउँदै आएका छन्। श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइन थालेको हो।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो। उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइँदै आएको छ।

नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो। विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको बताइन्छ। तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो।

अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र)लगायतका मजदुर संगठनले श्रमिक दिवस मनाउँदै आएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।