कोरोना उपचार प्रभावकारी बनाउन कास्की कांग्रेसको माग


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शनिवार बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले त्यस्तो माग गरेको हो । नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार, बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ ।

बैठकले कोरोना महामारीमा बेला जनताका लागि सहज रुपमा कोरोना स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुपर्नेमा उपचार सेवा समेत दिने नसक्ने भन्दै सरकारले जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको ठहर गरेको छ ।

‘समस्या र संकटका बेला सरकार झन् अरु बेला भन्दा जनताप्रति जिम्मेवार बन्नुपर्नेमा गैरजिम्मेवार बनेकोले कास्की काँग्रेसको ध्यानाकर्षण भएको छ, प्रवक्ता सिग्देलले भन्नुभयो, जनता र जनताको स्वास्थ्यप्रति सरकार गम्भीर बन्न आवश्यक देखिएको छ ।’

कास्कीमा काँग्रेसको क्रियाशील सदस्य १९ हजार १४ पुगेको छ ।

पूरानो सदस्यता नवीकरण र नयाँ वितरण गर्दा क्रियाशील सदस्यको संख्या त्यति पुगेको हो ।

काँग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरण यहि वैशाख १५ गते बुधबारदेखि सकिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।