लुम्बिनीमा राजनीतिक रस्साकस्सी : वलीले माओवादी रोजेपछि पोखरेललाई बहुमत नपुग्ने


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित




काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य विमला खत्री (वली) ले नेकपा (माओवादी केन्द्र)लाई रोजेपछि मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा प्रदेश सभामा बहुमत नपुग्ने भएको छ । वली तत्कालिन नेकपाबाट उपनिर्वाचनमा दाङ ३ ख बाट निर्वाचित भएकी थिइन् । प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको निधनपछि रिक्त रहेको सो पदमा उनकै श्रीमती विमला वलीले निर्वाचन जितेकी थिइन् ।

प्रदेशसभा सांसद विमला वली उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकी थिईन । उनले अहिले माओवादी केन्द्रलाई रोज्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । नेकपा दुबै पार्टी मिलेर बनेको र अदालतले दुई पार्टीलाई अलग गरिदिएपछि उनले माओवादीलाई रोजेकी हुन् ।

योसँगै लुम्बिनी प्रदेशमा एमालेको एकल सरकार बन्ने बाटो बन्द भएको छ । हाल कायम रहेको ८१ सदस्य मध्ये वलीले माओवादी केन्द्रलाई रोजेसँगै एमालेसँग ४० मात्र सदस्य कायम हुन पुगेको छ ।

आजै मुख्यमन्त्री पोखरेलले आफूमाथि लागेको अविश्वासको प्रस्तावलाई निस्तेज पार्न राजिनामा दिँदै एकल बहुमतको सरकार बनाउने तयारी गरेका थिए । धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बनेका पोखरेल १६८ (१) को सरकार बनाउन दाबी प्रस्तुत गरेका थिए ।

वलीले माओवादी केन्द्र रोजेसँगै एमालेको एकल बहुमतको सरकार गठनको बाटो सकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।