नेपाल सुपर लिग : ललितपुर र पोखराले गोलरहित बराबरी खेल्यो


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित



नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्यो।

खेल बराबरीमा सकिएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्। बराबरी खेलेपछि पोखराले ४ खेलबाट ५ अंक जोडेको छ। पोखरा लिगको तेस्रो स्थानमा छ। त्यस्तै, ललितपुर ४ खेलबाट ३ अंक जोडेर छैटौँ स्थानमा छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन। मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो। मध्यान्तरपछिको खेलमा भने ललितपुर पोखरामाथि हावी बनेको थियो । दुवै टोली गोल गर्नबाट भने चुके।

लिगमा हालसम्मको खेलको परिणामअनुसार धनगढी एफसी ४ खेलबाट ७ अंकका साथ शीर्ष स्थानमा छ। बुटवल ६ अंकका साथ दोस्रो, विराटनगर ५ अंकसहित तेस्रो, काठमाडौँ रेजर्स ४ अंकसहित पाँचौँ तथा चितवन २ अंकका साथ लिगको पुछारमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।