नेपाल सुपर लिग (एनएसएल) : धनगढीसँगै विराटनगर ‘हेड टु हेड’ को शीर्षस्थानमा


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



नेपाल सुपर लिग (एनएसएल) ः धनगढीसँगै विराटनगर ‘हेड टु हेड’ को शीर्षस्थानमा उक्लिएको छ।

सोमबारको खेलमा चितवन फुटबल क्लबसँग २–० को जित निकालेसँगै विराटनगर सिटी धनगढीसँगै शीर्षस्थानमा उक्लिएको हो।

दशरथ रंगशालामा सम्पन्न खेलमा चितवनलाई २–० गोलले पराजित गरेसँगै विराटनगरले ७ अंक बनाएको छ। समान ७ अंक बनाएको धनगढी फुटबल क्लबसँग ‘हेड टू हेड’मा अघि रहँदै विराटनगर शीर्षस्थानमा उक्लिएको हो।

सन्तोष तमाङ र पेड्रो मान्जीको समान १÷१ गोलको मद्दतले विराटनगर सिटीले चितवन फुटबल क्लबविरुद्ध जित निकालेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ७३ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए। खेलको ८९ औं मिनेटमा विराटनगरका सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई २ गोलको अग्रता दिलाए। हारसँगै चितवन तालिकाको पुछारमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।